EN NE

कार्यालयकाे परिचय

National Youth Council Cover-image

नेपालमा युवा विकासका लागि वि.सं. २०६६ सालमा पहिलो पटक र वि.सं. २०७२ मा परिमार्जित राष्ट्रिय युवा नीति २०७२ जारी गरियो । त्यसलाई प्रभावकारी रुपमा लागु गर्ने उद्देश्यले वि.सं. २०७२ सालमा युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना जारी गरियो । यो दस्तावेज मिति २०७२/०६/१९ गते नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत भएको थियो । यसरी नेपालमा पहिलो पटक युवा विकासका लागि सरकारी स्तरबाट तयार भएको ठोश कार्ययोजना सहितको दस्तावेजको रुपमा युथभिजन रहेको छ । यसको निर्माण गर्दा सरोकारवालाहरुसंग व्यापक छलफल, अन्तरक्रिया भएको र अत्यन्त सहभागितामूलक ढंगले निर्माण भएको थियो । यसरी राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनामा परिलक्षित गरिएका युवालक्षित योजना र कार्यक्रमहरुलाई समस्त नेपाली युवाको विकास र परिचालनका लागि केन्द्रीय सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ बमोजिम नेपाल सरकारले राष्ट्रिय युवा परिषद स्थापना गरेको हो । यस परिषदले नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघीय तह¸ प्रदेश तह र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीरकण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायहरुबाट सञ्चालित युवालक्षित कार्यक्रमहरुको समन्वय¸ सहकार्य र सहजीरकण गर्ने काम समेत गर्दछ । हाल यसको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहेको छ । यसका शाखाहरु सबै जिल्लाहरुमा जिल्ला युवा समितिका कार्यालयहरु रहेका छन् । केही वर्षदेखि नेपाल संघीय ढाँचामा गइसकेपछि यसका संगठनात्मक ढाँचा र स्वरुपहरु परिवर्तन हुने क्रममा रहेका छन् । आगामी दिनमा केन्द्रमा राष्ट्रिय युवा परिषद¸ प्रदेश स्तरमा प्रदेश युवा परिषद् ¸ जिल्लामा जिल्ला युवा समन्वय इकाइ तथा सबै स्थानीय तहमा स्थानीय युवा परिषदको रुपमा विकास गरिने र प्रत्येक वडा तहमा युवाक्लबहरुको गठन गरी युवाका गतिविधिहरु सञ्चालन गर्ने यसका अंग तथा इकाइहरुलाई स्थानीय तहको वडा तथा गाउँ तहसम्म विस्तार गरिनेछ ।

दूरदृष्टि

नेपाली युवालाई सबल¸ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक¸ न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने ।

दीर्घकालीन लक्ष्य

  • युवाको नेतृत्व तथा क्षमता विकास
  • उद्यमशिलताको विकास र स्वरोजगार
  • युवाको पहुँच र सहभागिताको सुनिश्चितता
  • समृद्ध राष्ट्र निर्माण
  • मान्यता

  • स्वस्थ¸कर्मठ र उद्यमी युवा
  • अधिकार र कर्तव्य प्रति सचेत युवा
  • समावेशी र सशक्त युवा
  • नेतृत्वदायी र स्वाबलम्बी युवा
  • उद्देश्य

  • राष्ट्र निर्माण एवम् राष्ट्रिय विकासमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने,
  • युवावर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने,
  • श्रमको सम्मान गर्ने संस्कृति विकास गर्दै युवाको शारिरीक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुंसस्कृत, सिर्जनशील तथा व्यवसायिकरुपमा दक्ष युवा तयार गर्ने,
  • ...Show More