logo/Flag_of_Nepal_sfqz163.gif

नागरिक बडापत्र

नागरिक बडापत्र (Citizen Charter)

क्र.सं.

सेवाको प्रकार

कार्य प्रक्रिया

लाग्ने शुल्क

समय

शाखाको नाम

कोठा नं.

गुनासो सुन्ने व्यक्ति

गुनासो व्यवस्थापन

- कार्यालयको कार्यसम्पादनसँग सम्बन्धित विषयमा सरोकारवालाहरूबाट लिखित वा मौखिक गुनासो राख्न सकिने ।

नि:शुल्क

गुनासोको प्रकृति हेरी गुनासो प्राप्त भएको सोही दिन

प्रशासन¸ अनुगमन¸ मूल्याङ्कन तथा आन्तरिक व्यवस्थापन शाखा

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

सेवा आपूर्तिका लागि सूची दर्ता

- परिषदले तोकेको समयावधिभित्र देहायका कागजातहरू सहित निवेदन दर्ता गर्नुपर्ने ।

(क) संस्था वा फर्म दर्ता प्रमाणपत्र (ख) नवीकरण (ग) कर चुक्ता प्रमाण (घ) कारोवारको प्रकृति (ङ) प्रदान गर्न सकिने सेवाहरू आदि खुलाइएको हुनुपर्ने ।

नि:शुल्क

सूचना प्रकाशन भएको १५ दिन भित्र

¸¸

प्रशासकीय प्रमुख

(कोठा नं 2)

संघसंस्था आवद्धता सम्बन्धी कार्य

- सूचना प्रकाशन¸ जिल्लाबाट सिफारिससहित आवेदन संकलन¸ आवश्यकता अनुसार अनुगमन¸ प्रक्रिया पुगेका संघसंस्थाको आवद्धताको सिफारिस तथा आवद्धता प्रदान ।

रु. ३००० (पाँच वर्षका लागि)

निरन्तर

सामाजिक संघसंस्था समन्वय शाखा

१३

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

संघसंस्थाको आवद्धता नवीकरण

- युवा परिषदमा आवद्ध संघसंस्थाको आवद्धताको म्याद समाप्त भएपछि नवीकरणका लागि सूचनामा तोकिएको कागजात संलग्न राखी निवेदन दिनुपर्ने ।

रु. ३०००

नियमित

सामाजिक संघसंस्था समन्वय शाखा

१३

प्रशासकीय प्रमुख

(कोठा नं 2

उद्यमशिलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी तालिम

  • १६-४० वर्षका¸ आधारभूत तह उत्तीर्ण¸ उद्यम वा व्यवसाय गर्न इच्छुक नेपाली युवाले परिषदमा आई निवेदन दिन वा इमेल मार्फत निवेदन दिन सकिने ।
  • निवेदन दर्ताका आधारमा क्रमश: नि:शुल्क तालिम प्रदान गरिने

नि:शुल्क

निवेदकको पालो आएपछि क्रमश:

युवा तालिम तथा अनुसन्धान शाखा

11

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

युवा उद्यम कार्यक्रम

  • युवा उद्यम कार्यक्रम निर्दशिका २०७३ बमोजिमको प्रक्रियामा इच्छुक युवा उद्यम समूहले व्यवसायिक योजना (Business Plan) समेत संलग्न राखी निवेदन पेश गर्ने
  • उद्यम छनौट समितिले मूल्याङ्कन गरी सिफारिस गरेका उद्यम समूहहरूले कार्यकारी समितिको निर्णय बमोजिम पाँच वर्षका लागि बढीमा ५ लाख सम्म विना धितो विना ब्याज उद्यमका लागि तोकिएको वित्तीय संस्था/सहकारी मार्फत कर्जा प्राप्त गर्न सक्ने

नि:शुल्क

परिषदको सूचनामा उल्लेख भएको समायबधि भित्र

युवा विकास तथा उद्यम प्रवर्द्धन शाखा

1१

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

7

युवा अनुभव आदानप्रदान कार्यक्रम

  • युवा अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम छनौट भएका विभिन्न क्षेत्रका युवाहरूका लागि एक हफ्ता सम्मका लागि अन्तर प्रदेशस्तरीय अवलोकन भ्रमणमा सहभागी गराइने

नि:शुल्क

परिषदको सूचनामा उल्लेख भएको समायबधि भित्र

योजना तथा वैदेशिक समन्वय शाखा

4

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

8

युवा परिषदसंग आवद्ध संघसंस्थाहरू तथा अन्य निकायहरूसंग साझेदारी कार्यक्रम

  • सो सम्बन्धी कार्यविधिमा तोकिए बमोजिमको निवेदन तथा तोकिएको ढाँचामा प्रस्तावना पत्र परिषदमा पेश गर्नुपर्ने
  • सहकार्यका लागि छनौट भएको संस्थासंग द्विपक्षीय सम्झौता गरी साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने

नि:शुल्क

परिषदको सूचनामा उल्लेख भएको समय भित्र

सामाजिक संघसंस्था समन्वय शाखा

१३

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

9

युवा प्रतिभाको खोजी र प्रोत्साहन कार्यक्रम

  • कार्यविधि बमोजिम स्थानीय तह प्रदेश तह र संघीय तहमा तोकिएको विषय शीर्षकमा प्रतिस्पर्धा गर्न सकिने
  • उत्कृष्ट युवा प्रतिभालाई नगद पुरस्कार सहित सम्मान गरिने ।

नि:शुल्क

परिषदको सूचनामा उल्लेख भएको समय भित्र स्थानीय प्रदेश र संघीय तहमा कार्यक्रम सञ्चालन हुने

योजना तथा वैदेशिक समन्वय शाखा

4

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

10

युवा परामर्श सेवा

  • १६-४० वर्षका युवाले चाहेको विषयमा मागमा आधारित एकदिवसीय नि:शुल्क परामर्श सेवा प्रदान गरिने
  • इच्छुक युवाले व्यक्तिगत रुपमा निवेदन दिन वा अनलाइनबाट आवेदन गर्न सकिने वा संस्थागत रुपमा सामुहिक परामर्शका लागि माग गर्न सकिने

नि:शुल्क

श्रावण देखि असार सम्म

मनोपरामर्श शाखा

13

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

11

युवा क्लब तथा युवा संसद स्थापना र अभ्यास

  • युवाक्लब गठन तथा युवा संसद सञ्चालन कार्यविधि २०७५ बमोजिमको प्रक्रिया पूरा गरी स्थानीय वडाक्लबको सदस्य बन्न सकिने ।
  • वडाक्लबको सिफारिसमा गाउँ/नगर स्तरीय युवा संसदको प्रतिनिधिका रुपमा सहभागी हुन सकिने
  • गाउँ/नगर स्तरीय युवा संसदको सिफारिसमा प्रदेश स्तरीय युवा संसद र प्रदेश स्तरीय युवा संसदको सिफारिसमा संघीय युवा संसदमा सहभागी बन्न सकिने

नि:शुल्क

सम्बन्धित स्थानीय तह र केन्द्रले तोकेको समयाबधि भित्र

सूचना प्रविधि शाखा

14

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

१2

अपाङ्ग युवाका लागि सहयोग सामग्री वितरण

  • 16-40 वर्ष उमेर समूहका अपाङ्ग युवाले जिल्ला युवा समितिको कार्यालयमार्फत् वा व्यक्ति स्वयंले परिषदमा निवेदन दिन सक्ने ।
  • निवेदनसाथ नेपाली नागरिकता¸ अपाङ्गता परिचय पत्र र लिन चाहेको सहयोग सामग्रीको विवरणसहित पेश गर्ने
  • माग बमोजिमको सहयोग सामग्री नि:शुल्क उपलब्ध हुने ।

नि:शुल्क

निरन्तर

सामाजिक संघसंसंस्था समन्वय शाखा

१३

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

१3

युवामैत्री स्थानीय तह विकास तथा प्रोत्साहन कार्यक्रम

युवामैत्री स्थानीय तह दिग्दर्शन बमोजिम परिषदले तय गरेको कार्यविधि अनुसार छनौट भएका स्थानीय नमूना गाउँ/नगरलाई तोकिएक बमोजिमको पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने

नि:शुल्क

परिषदले तोकेको

समयाबधि भित्र

योजना तथा वैदेशिक समन्वय शाखा

4

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

१4

परिषदसँग सम्बन्धित सूचना प्रदान

  • निवेदन र नागरिकताको प्रतिलिपि संलग्न राखी प्रयोजन खुलाएर पेश गर्नुपर्ने ।
  • सूचनाको हक सम्बन्धी निवेदनको कारवाही र किनारा गर्ने आन्तरिक कार्यविधि बमोजिम सूचना उपलब्ध गराइनेछ ।

पाँच पृष्ठसम्म नि:शुल्क र सोभन्दा बढी भएमा प्रतिपृष्ठ रु ५

तुरुन्त

सूचना प्रविधि शाखा

14

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

१5

अध्ययनका लागि पुस्तक उपलब्ध हुने

  • पुस्तकालय सहायकसँग परिचय पत्र देखाई बढीमा तीन घण्टासम्म वाचनालयमा बसेर अध्ययन गर्न सकिनेछ

नि:शुल्क

तुरुन्त

सूचना प्रविधि शाखा

14

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

१6

इ-लाइव्रेरीको सुविधा उपलब्ध

  • सूचना प्रविधि शाखामा निवेदन दिनुपर्ने ।
  • कार्यालय समय भित्र बढीमा तीन घण्टासम्म इ-लाइव्रेरीको प्रयोग गर्न सकिने ।

नि:शुल्क

तुरुन्त

सूचना प्रविधि शाखा

14

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

17

कम्प्युटर ल्याबको सुविधा उपलब्ध

  • इच्छुक युवाले आ-आफ्नो परिचय पत्रसाथ निवेदन दिने र अफिस समयमा प्रतिदिन ३ घण्टासम्म कम्प्युटर ल्याब भित्र बसी कम्प्युटर प्रयोग गर्न सक्ने

नि:शुल्क

तुरुन्त

सूचना प्रविधि शाखा

14

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

१8

फ्रि वाइफाइको सुविधा

  • परिषदको प्राङ्गण भित्र प्रवेश गर्ने हरेक युवा तथा सरोकारवालाहरूलाई मागको आधारमा निरन्तर फ्रि वाइफाइको सुविधा उपलब्ध हुनेछ ।

नि:शुल्क

तुरुन्त

¸¸

परिषद परिसर

प्रशासकीय प्रमुख

(कोठा नं 2 )

  • यस परिषदबाट प्रवाह गरिने सेवा सम्बन्धी कुनै गुनासो वा सुझाव भएमा परिषदका कार्यकारी उपाध्यक्षज्यू समक्ष सिधै राख्न सक्नुहुनेछ (कोठा नं. १)