नेपालमा युवा विकासका लागि वि.सं. २०६६ सालमा पहिलो पटक र वि.सं. २०७२ मा परिमार्जित राष्ट्रिय युवा नीति २०७२ जारी गरियो । त्यसलाई प्रभावकारी रुपमा लागु गर्ने उद्देश्यले वि.सं. २०७२ सालमा युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना जारी गरियो । यो दस्तावेज मिति २०७२/०६/१९ गते नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत भएको थियो । यसरी नेपालमा पहिलो पटक युवा विकासका लागि सरकारी स्तरबाट तयार भएको ठोश कार्ययोजना सहितको दस्तावेजको रुपमा युथभिजन रहेको छ । यसको निर्माण गर्दा सरोकारवालाहरुसंग व्यापक छलफल, अन्तरक्रिया भएको र अत्यन्त सहभागितामूलक ढंगले निर्माण भएको थियो । यसरी राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनामा परिलक्षित गरिएका युवालक्षित योजना र कार्यक्रमहरुलाई समस्त नेपाली युवाको विकास र परिचालनका लागि केन्द्रीय सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ बमोजिम नेपाल सरकारले राष्ट्रिय युवा परिषद स्थापना गरेको हो । यस परिषदले नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघीय तह¸ प्रदेश तह र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीरकण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायहरुबाट सञ्चालित युवालक्षित कार्यक्रमहरुको समन्वय¸ सहकार्य र सहजीरकण गर्ने काम समेत गर्दछ । हाल यसको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहेको छ । यसका शाखाहरु सबै जिल्लाहरुमा जिल्ला युवा समितिका कार्यालयहरु रहेका छन् । केही वर्षदेखि नेपाल संघीय ढाँचामा गइसकेपछि यसका संगठनात्मक ढाँचा र स्वरुपहरु परिवर्तन हुने क्रममा रहेका छन् । आगामी दिनमा केन्द्रमा राष्ट्रिय युवा परिषद¸ प्रदेश स्तरमा प्रदेश युवा परिषद् ¸ जिल्लामा जिल्ला युवा समन्वय इकाइ तथा सबै स्थानीय तहमा स्थानीय युवा परिषदको रुपमा विकास गरिने र प्रत्येक वडा तहमा युवाक्लबहरुको गठन गरी युवाका गतिविधिहरु सञ्चालन गर्ने यसका अंग तथा इकाइहरुलाई स्थानीय तहको वडा तथा गाउँ तहसम्म विस्तार गरिनेछ ।
दूरदृष्टि
नेपाली युवालाई सबल¸ प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक¸ न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने ।
दीर्घकालीन लक्ष्य
- युवाको नेतृत्व तथा क्षमता विकास
- उद्यमशिलताको विकास र स्वरोजगार
- युवाको पहुँच र सहभागिताको सुनिश्चितता
- समृद्ध राष्ट्र निर्माण
मान्यता
- स्वस्थ¸कर्मठ र उद्यमी युवा
- अधिकार र कर्तव्य प्रति सचेत युवा
- समावेशी र सशक्त युवा
- नेतृत्वदायी र स्वाबलम्बी युवा
उद्देश्य
- राष्ट्र निर्माण एवम् राष्ट्रिय विकासमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने,
- युवावर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने,
- श्रमको सम्मान गर्ने संस्कृति विकास गर्दै युवाको शारिरीक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुंसस्कृत, सिर्जनशील तथा व्यवसायिकरुपमा दक्ष युवा तयार गर्ने,
- ...ारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने,
- श्रमको सम्मान गर्ने संस्कृति विकास गर्दै युवाको शारिरीक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुंसस्कृत, सिर्जनशील तथा व्यवसायिकरुपमा दक्ष युवा तयार गर्ने,
- युवाका आधारभूत अधिकारहरु सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा उनीहरुको पहुँच बढाएर राष्ट्रका राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवम् कार्यान्वयनमा सहभागी गराउनुका साथै लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताका माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रुपमा स्थापित गर्ने,
- प्राथमिकता तथा विशेष प्राथमिकताको समुहका युवालाई सकारात्मक विभेदका माध्यमबाट सशक्त गरी विकासको मूल प्रवाहमा ल्याउने